त्रिपुरा

त्रिपुरा भारत को एक राज्य हो। अगरतला त्रिपुराको राजधानी हो। बङ्गाली र त्रिपुरी भाषा (कोक बोरोक) यहाँका मुख्य भाषाहरू हुन्।

नामाकरण

यसो भनिन्छ राजा त्रिपुर, जो ययाति वंशको ३९औं राजा थिए उनको नाममा यई राज्यको नाम त्रिपुरा भएको हो। अर्को मत अनुसार स्थानीय देवी त्रिपुरा सुन्दरीको नाममा योाँको नाम त्रिपुरा भयाको हो। यो हिन्दू धर्मको ५१ शक्ति पीठहरूमध्येमा एक हो। इतिहासकार कैलाश चन्द्र सिंहको भनाई अनुसार यो शब्द स्थानीय कोकबोरोक भाषाको दो शब्द मिश्रण हो - त्वि र प्रा। त्विको अर्थ हुन्छ पानी र प्राको अर्थ निकट। यस्तो पनि मानिन्छ कि प्रचीनकालमा यो समुद्र (बङ्गालको खाडी )को यति नजीकसम्म फैलिएको हुदा यही नामले जानिन्छ।

उल्लेख

त्रिपुराको उल्लेख महाभारत, पुराणहरू तथा अशोकको शिलालेखहरूमा भेटिन्छ। स्वतन्त्रतापछि भारतीय गणराज्यमा विलय पूर्व यो एक राजशाही थियो। उदयपुर यईको राजधानी थियो जईलाई अठारौं शताव्दीमा पुरानो अगरतलामा ल्याइयो र उन्नाइसौं शताव्दीमा नयां अगरतलामा। राजा वीर चन्द्र माणिक्य महादुर देववर्माले आफ्नो राज्यको शासन ब्रिटिश भारतको इशारामा चलाए। गणमुक्ति परिषदद्वारा चलाईएको आन्दोलनले यो सन् १९४९मा भारतीय गणराज्यमा शामिल भयो।


सन्दर्भ

    This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.