सानु शर्मा

सानु शर्मा नेपाली साहित्यकार हुन्। नेपाली साहित्यमा स्पष्ट उपस्थितिका साथ लेखिरहेकी शर्माका कथा र उपन्यासका धेरै किताप छापिएका छन्।[1][2][3]

सानु शर्मा
जन्मकाठमाडौं
राष्ट्रियतानेपाल नेपाली
नागरिकतानेपाली
पेशालेखन
चिनारीको कारणउपन्यास, कथा
प्रशिद्ध कार्यअर्थ, विप्लवी, एकादेशमा, उत्सर्ग

प्रारम्भिक जीवन

काठमान्डौको थापालथलीस्थित प्रसूति गृहमा जन्मिएकी सानु शर्मा तराई र काठमाडौँमा हुर्किएकी हुन् । उनी पेसाले नर्स हुन्।[1][4][5]

लेखन जीवन

मूल लेखनका रूपमा उपन्यास तथा कथा विधामा कलम चलाउने सानु शर्माका फुटकररूपमा कविता तथा गजलहरू पनि प्रकाशित रहेका छन्। उनको पहिलो उपन्यास सन् २००३ मा प्रकाशित अर्धविराम हो । उनको दोस्रो उपन्यास जीतको परिभाषा सन् २०१० मा प्रकाशित भएको हो । उनले आफ्नो तेस्रो उपन्यास अर्थ सन् २०११ मा प्रकाशित गराएकी हुन्। सन् २०१७ मा उनको चौथो उपन्यास विप्लवी काठमाडौँ स्थित फिनिक्स बुकबाट प्रकाशित भयो ।[6]

'विप्लवी' प्रकाशन भएलगत्तै सन् १९१८ (वि.सं. २०७४) मा उनले आफ्नो पाँचौँ पुस्तक तथा पहिलो कथासङग्रह एकादेशमा साँग्रिला बुक्स मार्फत प्रकाशित गराइन्। सो कथासङ्ग्रह एकादेशमा ले निकै चर्चा पाउनुका साथै वि.सं. २०७४ का लागि मदन पुरस्कारका लागि मनोनयन भएको थियो ।[7][8][9][6]

सानु शर्माको पाँचौँ उपन्यास उत्सर्ग र छैटौँ उपन्यास फरक क्रमशः सन् २०२१ र सन् २०२२ मा साँग्रिला बुक्सबाट प्रकाशित भए। शर्माको आठौँ पुस्तक तथा सातौँ उपन्यास ती सात दिन' २०८० साल भदौमा रत्न पुस्तक भण्डारबाट प्रकाशित भयो । कविता, गीत र गजल पनि लेख्ने उनका बीसवटा गजलहरू कैफियत २ शीर्षकको संयुक्त गजलसङ्ग्रहमा छापिया छन् । नेपाली भाषामा लेखिएका उनका कविता अंग्रेजी र अरू भाषामा अनुवाद भएर छापिया छन् ।[10][11] [4][12][5][13]

मुख्य कृतिहरू

उपन्यास

  • अर्धविराम (उपन्यास)[7]
  • जीतको परिभाषा (उपन्यास)[8]
  • अर्थ (उपन्यास)[7]
  • विप्लवी (उपन्यास)[8]
  • उत्सर्ग (उपन्यास)[12]
  • फरक (उपन्यास)[4]
  • ती सात दिन (उपन्यास)

कथा सङ्ग्रह

  • एकादेशमा (कथासङ्ग्रह)[3]


सन्दर्भ सामग्रीअन

  1. शर्मा, सानु (2018-04-14). "लेख्ने हुटहुटी". https://baahrakhari.com/. Retrieved 2022-11-13. External link in |website= (help)
  2. निरौला, रञ्जना (2021-02-27). "मानसिक विम्बमा प्रेम". https://nagariknews.nagariknetwork.com. Nagarik News. Retrieved 2022-11-13. External link in |website= (help)
  3. त्रिपाठी, गीता (2017-11-25). "नारी–पुरुष सम्बन्धबारे साहसिक दृष्टि". https://ekantipur.com. Retrieved 2022-11-13. External link in |website= (help)
  4. घिमिरे, रमण (2022-09-24). "पृथक् गन्तव्य". https://ekantipur.com. Retrieved 2022-11-13. External link in |website= (help)
  5. अधिकारी, ज्ञानु (2021-03-20). "एक्ला बालबालिकाका बेचैनी". https://ekantipur.com. Retrieved 2022-11-13. External link in |website= (help)
  6. ढकाल, प्रतीक (2022-01-26). "कथाको मात लागेपछि". https://sahityapost.com. Retrieved 2022-11-13. External link in |website= (help)
  7. न्यौपाने, रुमु (2021-02-24). "जियाको कथा बोल्ने 'अर्थ'". Retrieved 2022-11-13.
  8. "दिमाग हल्लाइदिने एउटी कथाकार". 2020-06-14. Retrieved 2022-11-13.
  9. निष्ठूरी, नारद. "उही पुरानै प्रवृतिको वास्तविक चित्रण - 'एकादेशमा'". Retrieved 2022-11-13.
  10. शर्मा, सानु. "ए समय मलाई पनि" [ए समय, मलाई पनि]. Retrieved 2023-10-25.
  11. शर्मा, सानु. "On This Side of Life" [जीवनको यता तरफ]. Translated by पोखरेल, सुमन. Retrieved 2023-10-25.
  12. रेग्मी, गीता (2021-02-24). "अभिभावकले पढ्नै पर्ने पुस्तक 'उत्सर्ग'". https://sahityapost.com. Retrieved 2022-11-13. External link in |website= (help)
  13. शर्मा, सुधा (2022-08-20). "नारी चरित्रहरूको उत्खनन". https://baahrakhari.com. Archived from the original on 2022-11-14. Retrieved 2022-11-13. External link in |website= (help)
This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.