खस भाषा

खस भाषा वा खस कुरा नेपालको कर्णाली क्षेत्रमी रह्या प्राचिन खस राज्य को आधिकारिक भाषा थ्या । देवनागरी लिपीमी लेखिएको उक्त भाषाको आजको समयमा विभिन्न शिलालेख, अभिलेख र कागजपत्रहरूमा पाइन्छ । सो भाषाबाट नै आजको नेपालको आधिकारिक भाषा नेपाली भाषा र त्यसका ११ वटा स्थानिय बोलीको जन्म भएको हो । नेपाल सरकारले सन् २०११ को जनगणनामा सोही ११ स्थानिय नेपाली बोलीलाई नयाँ भाषाको मान्यता दिएको छ ।[1] उक्त भाषाहरू जनसङ्ख्याका आधारमा क्रमशः डोटेली, बैतडेली, अछामी, दैलेखी, बझाङ्गी, बाजुरेली, दार्चुलेली, डोल्पाली, जुम्ली, डडेल्धुरी र गढवाली भाषा पर्दछन् ।[1][2] उक्त भाषाहरू हेर्दा मध्यपश्चिम र सूदूरपश्चिममा हरेक जिल्लामा एक भिन्न बोली छ भने पूर्व, मध्य र पश्चिममा झन्डै एउटै जसो नेपाली भाषा प्रयोग गरिन्छ । यससँगै १००० भन्दा बढी व्यक्तिहरूले सोही जनगणनामा आफ्नो मातृभाषा खस नै भएको भनेका छन् ।[1] त्यसैले आधुनिक नेपालीलाई नै खस भाषा भन्ने वा खस अर्कै हो भन्ने विवाद सृजना हुन्छ । कहिले काहिं नेपाली भाषाको एउटा छुट्टै पाल्पाली बोली छ भनी दाबी पनि गरिन्छ ।

शाके (शक सम्बत) १६१२ डोटी रैका राजा मन्धता शाहीद्वारा प्राचिन खस भाषामा लिखित जारी ताम्रपत्र

स्रोतअन

  1. "Nepal Census 2011" (PDF). Archived from the original (PDF) on 2017-09-18. Retrieved 2017-06-28.
  2. "National Population and Housing Census 2011 (National Report)" (PDF). United Nations Statistics Divisioited Nations Statistics Division.
This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.